Ipo.aspx merolagani - कुलमानलाई सरकारले स्पष्टीकरण सोध्याे,उनले उद्योगलाई बक्यौता रकम बुझाउन चेतावनी दिए

कुलमानलाई सरकारले स्पष्टीकरण सोध्याे,उनले उद्योगलाई बक्यौता रकम बुझाउन चेतावनी दिए

Oct 10, 2024 11:02 AM merolagani

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको भोलिपल्टै प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका उद्योगलाई बक्यौता रकम बुझाउन चेतावनी दिएको छ ।

४९ उद्योगको नाम सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको छ ।

बिहीबार सूचना जारी गरी प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरूलाई पुनः भनेको हो।

comments powered by Disqus