Ipo.aspx merolagani - रु रु जलविद्युतको शेयरमूल्य समायोजन

रु रु जलविद्युतको शेयरमूल्य समायोजन

Oct 16, 2024 06:55 AM Merolagani

असोज ३० गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रु रु जलविद्युत परियोजना लिमिटेड (RURU) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ७६४ रुपैयाँ ३५ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ८७९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। यसका साथै कम्पनीले बोनस शेयरको कर प्रयोजनार्थ ०.७८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा पनि गरेको छ।

यी प्रस्तावहरु पारित गर्न कम्पनीले कात्तिक ११ गते, लिसार ब्याङकेट, नक्साल, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

comments powered by Disqus