Ipo.aspx merolagani - लक्ष्मी सनराइज बैंकको नाफा ४२० प्रतिशत बढ्यो

लक्ष्मी सनराइज बैंकको नाफा ४२० प्रतिशत बढ्यो

Oct 23, 2024 04:34 AM Merolagani

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२० प्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२०.५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २४.५८ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २.५८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४२५.२३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १४ करोडबाट घटेर १ अर्ब १६ करोडमा झरेको छ। जसका कारण बैंकको खुद नाफा बढ्न टेवा पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ३५ पैसा बढेर ९ रुपैयाँ २५ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.९२ गुणा रहेको छ।

असोज मसान्तसम्ममा १ अर्ब ४९ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४३ पैसा रहेको छ।

२३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ६.७९ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप १.६८ प्रतिशत र कर्जा तथा सापटी ३.११ प्रतिशत बढेको छ।

comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।