Ipo.aspx merolagani - अमेरिका ‘वस्न लायक देश नरहेको’ भन्दै एलन मस्ककी छोरीद्धारा देश छोड्ने घोषणा

अमेरिका ‘वस्न लायक देश नरहेको’ भन्दै एलन मस्ककी छोरीद्धारा देश छोड्ने घोषणा

Nov 10, 2024 02:38 PM mero lagani

अमेरिकामा राष्ट्रपतिको चुनाव परिणाम पछि सबैभन्दा धेरै खुसी हुने कोही छ भने त्यो एलन मस्क हुन् । संसारकै सबैभन्दा धनी मस्कले राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउने के मात्रै गरेनन् ? उनकै दह्रो सहयोग पाएका ट्रम्पले चुनाव जिते र अब निर्वाचित राष्ट्रपति ट्रम्पले उनकै ‘रबर स्टाम्प’ जस्तो भएर काम गर्ने सम्भावना देखिदैंछ । 

त्यसको अर्थ अबको ४ वर्ष ह्रवाइट हाउसको कुर्सीमा ट्रम्प बसे पनि मुख्य शासक भने मस्क हुन् ।

तर, चुनावी परिणाम घोषणा भएसंगै मस्ककी छोरी जेना विल्सन भने ‘वस्न लायक देश नरहेको’ भन्दै अमेरिका छोड्ने घोषणा गरेकी छन् । ‘मलाई थाहा छ ट्रम्प केवल ४ वर्षको लागि राष्ट्रपति भएका हुन् । त्यसपछि अर्कै मान्छे राष्ट्रपति हुन्छ । तर, उनले यो चुनावमा जसरी जिते र मानिसहरु आँखा चिम्लेर जसरी भोट हाले, उनीहरुको सोंच र व्यवहार परिवर्तन हुन सजिलो छैन । त्यसैले अब अमेरिका बस्न लायक देश नै रहेन । म अमेरिकी नागरिक हुँ र मेरो राष्ट्रपति ट्रम्प हुन भनेर भन्न पनि लाजमर्दाे भयो’ सामाजिक संजाल थ्रेड्समा जेनाले लेखेकी छन् ।

अमेरिका छोडेर उनी कुन देश जान लागेकी हुन भन्ने बारेमा भने उनले केही खुलाएकी छैनन् । जेना एलन मस्ककी जेठी पत्नी जष्टिन विल्सनतर्फकी छोरी हुन् । सन् २००४ मा जन्मेकी जेनाले २ वर्ष अगाडि सन् २०२२ मा मस्कसंगको सबै सम्वन्ध त्यागेको र उनलाई अब बाबुको रुपमा नमान्ने घोषणा गरेकी थिइन । मस्क र जष्टिनको सन् २००८ मै सम्वन्ध विच्छेद भएको थियो तर पनि मस्कसंग जेनाको सम्वन्ध राम्रै चलिरहेको र केही वर्षदेखि भने उनीहरु टाढिदैं गएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

स्मरणरहोस जेनाको वास्तविक नाम जेभियर एलेक्जेण्डर मस्क हो । किशोरावस्था शुरु भएपछि उनले आफूमा पुरुष होइन, महिलाको गुण धेरै रहेको पाएकी थिइन । त्यसपछि मस्कको असहमतिको बाबजूद आमासंगको सल्लाहपछि सन् २०१८ मा लिंग परिवर्तन गरेर महिला बनेकी थिइन ।

comments powered by Disqus

अमेरिका ‘वस्न लायक देश नरहेको’ भन्दै एलन मस्ककी छोरीद्धारा देश छोड्ने घोषणा

Nov 10, 2024 02:38 PM