Tue, Nov 12, 2024
कात्तिक २७ गते, मंगलबार, सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो तीन कारोबार दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट भएको छ । यस दिन चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो तीन कारोबार दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट भएको छ ।
यस दिन चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
अमेरिकामा राष्ट्रपतिको चुनाव परिणाम पछि सबैभन्दा धेरै खुसी हुने कोही छ भने त्यो एलन मस्क हुन् । संसारकै सबैभन्दा धनी मस्कले राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउने के मात्रै गरेनन् ? उनकै दह्रो सहयोग पाएका ट्रम्पले चुनाव जिते र अब निर्वाचित राष्ट्रपति ट्रम्पले उनकै ‘रबर स्टाम्प’ जस्तो भएर काम गर्ने सम्भावना देखिदैंछ ।