Ipo.aspx merolagani - दुई हाइड्रोपावरको शेयरमूल्य समायोजन

दुई हाइड्रोपावरको शेयरमूल्य समायोजन

Nov 13, 2024 05:46 AM Merolagani

कात्तिक २८ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन मन्दाकिनीको ५ प्रतिशत र विन्ध्यबासिनीको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात मन्दाकिनीको मूल्य ८०४ रुपैयाँ ६७ पैसा कायम भएको छ भने विन्ध्यबासिनीको ६३५ रुपैयाँ १९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार दोस्रो बजारमा मन्दाकिनीको शेयर प्रतिकित्ता ८४४ रुपैयाँ ९० पैसा र विन्ध्यबासिनीको ६८६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बुधबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

मन्दाकिनी हाइड्रोपावर (MHL) ले मंसिर ७ गते, शुक्रबार, नेपाली चुलो लाजिम्पाट, काठमाडौँमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ८ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले बोनस शेयर वितरण पश्चात १ बराबर १.२५ अनुपात हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। कम्पनीले माथिल्लो सार्दी खोला जलविद्युत आयोजना २.९ मेगावाट परियोजना निर्माण गर्न, डल्फिन पावर प्रा.लि.मा लगानी गर्न तथा बैंक ऋण भुक्तानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको सभाले डल्फिन पावर प्रा. लि. मा गरिएको लगानी अनुमोदन गर्ने तथा थप लगानी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

त्यस्तै, विन्ध्यबासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (BHDC) ले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

सो प्रस्ताव पारित गर्न कम्पनीले मंसिर ६ गते, बिहीबार, आफ्नो कार्यालय परिसर, नयाँ बानेश्वर, काठमाडौँमा भौतिक तथा भर्चुअल माध्यमबाट आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले लाभांश प्रस्तावका साथै सञ्चालक समितिको संख्या संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

अमेरिका ‘वस्न लायक देश नरहेको’ भन्दै एलन मस्ककी छोरीद्धारा देश छोड्ने घोषणा

Nov 10, 2024 02:38 PM

अमेरिकामा राष्ट्रपतिको चुनाव परिणाम पछि सबैभन्दा धेरै खुसी हुने कोही छ भने त्यो एलन मस्क हुन् । संसारकै सबैभन्दा धनी मस्कले राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउने के मात्रै गरेनन् ? उनकै दह्रो सहयोग पाएका ट्रम्पले चुनाव जिते र अब निर्वाचित राष्ट्रपति ट्रम्पले उनकै ‘रबर स्टाम्प’ जस्तो भएर काम गर्ने सम्भावना देखिदैंछ ।