Wed, Nov 13, 2024
कात्तिक २८ गते, बुधबार, सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तर रुपमा घटेको छ । यस दिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तर रुपमा घटेको छ ।
यस दिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
अमेरिकामा राष्ट्रपतिको चुनाव परिणाम पछि सबैभन्दा धेरै खुसी हुने कोही छ भने त्यो एलन मस्क हुन् । संसारकै सबैभन्दा धनी मस्कले राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउने के मात्रै गरेनन् ? उनकै दह्रो सहयोग पाएका ट्रम्पले चुनाव जिते र अब निर्वाचित राष्ट्रपति ट्रम्पले उनकै ‘रबर स्टाम्प’ जस्तो भएर काम गर्ने सम्भावना देखिदैंछ ।