कैयाैं प्रयाेगकर्ताहरूले एलन मस्ककाे एक्सलाई त्यागेका छन् । यसैबीच, ब्लूस्काइमा प्रयोगकर्ताहरूको संख्या बढ्दै गएको छ। विशेषगरी, अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि यो प्रवृत्ति बढेको हाे । यस्तो अवस्थामा, ब्लूस्काइ आज एक्सको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी जस्तो देखिएकाे छ।
सुरूवातमा, ट्विटर (अहिले X) को संस्थापक जैक डोर्सीले ब्लूस्काइ सुरु गरेका थिए। उनले डिसेन्ट्रलाइज्ड सामाजिक सञ्जाल प्लाटफर्म सिर्जना गर्ने उद्देश्यका साथ यो सुरु गरेका थिए। डिसेन्ट्रलाइज्ड भन्नाले जसको नियन्त्रण कुनै एक व्यक्तिको हातमा छैन। सन् २०२१ मा उनीहरुले ब्लूस्काइलाई छुट्टै संस्था बनाएका थिए ।
साे समयमा, जे ग्रेबरलाई यसको सीईओ बनाइएको थियो। यद्यपि, सन् २०२२ मा, एलन मस्कले ट्विटर किनेका थिए र कम्पनीले ब्लूस्काइसँगको सबै सम्बन्धहरू समाप्त गरेकाे थियाे। ब्लूस्काइले दुई राउन्डमा २.३ कराेड डलरकाे कोषका साथ आफ्नो यात्रा जारी राखेकाे थियाे।
केही समयपछि, ज्याक डोर्सी पनि ब्लुस्कीबाट अलग भए । उनले ट्वीटरमा रहँदा आफूले गल्ती दोहोर्याइरहेकाे भन्दै कम्पनीबाट टाढिएका थिए। सुरुमा, तपाइँले निमन्त्रणा मार्फत् मात्र ब्लूस्काइमा समावेश हुन सक्नुहुन्थ्यो तर २०२४काे फेब्रुअरीमा यो सबै प्रयोगकर्ताहरूको लागि सुरु गरिएको थियो।
बिस्तारै, यो एप लोकप्रिय हुँदै गयो। यस वर्षकाे अगस्टमा ब्राजिलले एक्सलाई प्रतिबन्ध लगाएपछि ब्लूस्काइले ठूलो अवसर पायो। त्यस पछि, X त्यहाँ नचलिरहेकाे अवस्थामा याे प्लाटफर्मले ल्याटिन अमेरिकामा एक दिनमा २६ लाख प्रयोगकर्ताहरू पाएको थियो। यस प्लाटफर्मले अक्टोबरकाे एकै दिनमा ५ लाख प्रयोगकर्ताहरू पनि पाएकाे थियाे । साे समयमा, एलन मस्कले एक्समा नयाँ अपडेट रोल आउट गरेका थिए। यस रोलआउट अन्तर्गत, ब्लक गरिएका प्रयोगकर्ताहरूले उनीहरूलाई ब्लक गरेका प्रयोगकर्ताहरूको सार्वजनिक पोस्टहरू पनि हेर्न सक्नेछन्।
यद्धपी, अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको जितपछि ब्लुस्काइका प्रयोगकर्ताहरूको संख्या फेरि बढेको छ । सिमिलरवेबका अनुसार अमेरिकी राष्ट्रपति चुनावको दिन ४.२३ करोड प्रयोगकर्ताहरूले X भिजिट गरेका छन् र धेरैले यो प्लाटफर्मलाई निष्क्रिय पनि गरेका छन्। नोभेम्बर ५ र नोभेम्बर १२का बीचमा करिब १८ लाख प्रयोगकर्ताहरूले यो प्लाटफर्म छोडेका छन्।
यसबाट ब्लूस्काइलाई प्रत्यक्ष फाइदा भएको छ । सेप्टेम्बरमा यस प्लाटफर्ममा प्रयोगकर्ताको संख्या ९० लाख थियो। अहिले, प्रयोगकर्ताको संख्या १.९ करोड पुगेको छ । यस प्लाटफर्मले मेटाको थ्रेडहरूकाे तुलनामा बढी वेब भिजिटहरू पाइरहेको छ। यो iOS मा निःशुल्क एपमध्येकाे शीर्ष पनि बनेको छ।
एजेन्सी ।