Ipo.aspx merolagani - वर्षभरिकै प्रतिफल पाउन छिट्टै शेयर किन्नु पर्ने कम्पनीहरु कुन कुन हुन ?

वर्षभरिकै प्रतिफल पाउन छिट्टै शेयर किन्नु पर्ने कम्पनीहरु कुन कुन हुन ?

Nov 20, 2024 05:28 PM Merolagani

अहिले पनि धेरैजसाे कम्पनीहरुले लाभांश वितरण गरिरहेका छन् । अहिले शेयर खरिद गर्ने लगानीकर्ताले पनि धेरैजसाे कम्पनीले गत वर्षकाे मुनाफाबाट वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्छन् ।

चालु आर्थिक वर्षको चार महिनासम्ममा धेरै कम्पनीहरुले वार्षिक साधारण सभा सम्पन्न गरिसकेका छन् । केही कम्पनीहरुले वार्षिक साधारण सभा बोलाउने क्रम जारी छ । नियामकीय प्रावधान अनुसार कम्पनीहरुले आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ।

लगानीकर्ताका लागि बुक क्लोज र साधारण सभा मितिले निकै महत्व राखेको हुन्छ । बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म (अघिल्लो कारोबार दिन) कायम शेयरधनीले मात्र उक्त कम्पनीले दिने लाभांश हात पार्न सक्छन् ।

अहिले लाभांश घाेषणा गरेर बुक क्लोज मिति नजिकिदै गरेका केही कम्पनीहरु छन् । उक्त कम्पनीहरुको लाभांश प्राप्त गर्न अहिले पनि लगानीकर्ताले सक्छन्।

हालसम्म लाभांश घोषणा गर्ने १८ कम्पनी मध्येमा नौ वटा कम्पनीको बुक क्लोज मिति टरेको छ भने बाँकी रहेका ९ कम्पनीको बुक क्लोज मिति नजिकिएको छ ।

साधारण सभा आह्वान गरेका मध्ये सबै कम्पनीले लाभांश वितरण प्रस्ताव गरेका छैनन । जसमध्येमा १३ लाभांश वितरणको प्रस्ताव गरेका छन् भने मन्दाकिनी हाईड्रोपावर कम्पनीले लाभांश प्रस्ताव सहित हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत वार्षिक साधारण सभामा लैजाने भएको छ ।

अहिले पनि लगानीकर्ताले चार वटा वाणिज्य बैंक प्राइम कमर्सियल बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, ग्लोवल आईएमई बैंक, नबिल बैंकको प्रतिफल सुरक्षित गर्न सक्छन् । लघुवित्त कम्पनीहरुमा नेशनल लघुवित्त, फरवार्ड माईक्रोफाइनान्स र सूर्योदय वोमी लघुवित्तले लाभांश घोषणा गरेका छन् भने सोल्टी होटल र सुपर माई हाईड्रोपावर कम्पनीकाे पनि लाभांश घोषणा गरेर बुक क्लोज नजिकिदै छ ।

कम्पनीहरुले वर्षभरि गरेको कमाई अनि त्यसबाट घोषणा गरेको लाभांश पाउन लगानीकर्तालाई बुक क्लोज मिति निर्णायक हुन्छ ।

 गत वर्षको नाफाबाट प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यस बैंकले वार्षिक साधारण सभा प्रयोजनको लागि मंसिर ९ गते शेयरधनी दर्ता किताव बन्द गर्ने भएको हो ।

स्टयाण्डर्ड चार्टर्ड बैंक ६.५० प्रतिशत बोनश शेयर र १९ प्रतिशत नगद, ग्लोवल आईएमई बैंकको ५.५० प्रतिशत बोनश शेयर प्राप्त गर्न मंसिर ६ गते बुधबारसम्ममा शेयरधनी बनिसक्नु पर्ने हुन्छ । नबिल बैंकले १० प्रतिशत नगद लाभांश सुरक्षित गर्न मंसिर १० गते सोमबार बुकक्लोज मिति तय गरेको छ । जस अनुसार मंसिर ९ गते आइतबारसम्म शेयर खरिद गरिसक्नु पर्ने हुन्छ ।

त्यस्तै, सोल्टी होटलको १० प्रतिशत बोनश शेयर र २६.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्दै साधारण सभा बाेलाएको छ । होटलको उक्त आकर्षक प्रतिफल प्राप्त गर्न मंसिर १२ गते बुधबारसम्म शेयरधनी बनिसक्नु पर्नेहुन्छ । सुपर माई हाईड्रोपावरको १२.६३ प्रतिशत लाभांश पाउन मंसिर १६ गतेसम्म शेयर खरिद गर्नुपर्ने हुन्छ ।

त्यसैगरी, नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश प्राप्त गर्न मंसिर १७ गतेभित्रै शेयरधनी बनिसक्नु पर्ने हुन्छ । फरवार्ड माईक्रोफाइनान्सको १४ प्रतिशत लाभांश पाउन मंसिर १३ गतेसम्ममा शेयर खरिद गरिसक्नु पर्नेछ भने सूर्योदय वोमी लघुवित्तको ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । तर बुक क्लोज र साधारण सभा मिति तय हुन बाँकी छ ।

 

 

 

 

 

comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।