Ipo.aspx merolagani - गत साता करिब २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

गत साता करिब २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Dec 16, 2024 06:14 AM Merolagani

गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २७३४.९३ विन्दुमा बन्द भएको नेप्से, गत साता १.९२ प्रतिशत अर्थात ५२.६४ अंक घटेर २६८२.२९ विन्दुमा झरेको हो।

गत साता साता ५ कारोबार दिनमध्ये चार कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन नेप्से बढेको थियो। सो साताको बुधबार नेप्से करिब ४६ अंक बढेको थियो।

 

प्रतिरोध सामना गरी ओरालो लाग्यो

अघिल्लो साता २७३० देखि २७८० को प्रतिरोध क्षेत्रमा बन्द भएको नेप्से, यस साता सो क्षेत्रभन्दा तल झरेको छ। नेप्सेले गत साता सहित ३ पटक सोही क्षेत्रमा प्रतिरोधको सामना गरिसकेको छ। आगामी दिन नेप्सेको ओरालो लागेमा २४४० देखि २५३० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

साताको अन्तिम कारोबार दिन नेप्सेले बियरिश मोरुबोजु मैनबत्ती बनाएको छ। त्यसैगरी, साप्ताहिक रुपमा पनि नेप्सेले रातो मैनबत्ती नै बनाएको छ। यसले गत साताको अन्तिम कारोबार दिन र गत साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता भोल्यूम पनि कमजोर नै रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ७४ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ६ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २८.७८ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। यसका साथै यी दुबै रेखाहरु नकारात्मक क्षेत्रतर्फ झरिरहेको छ। नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।