Ipo.aspx merolagani - घोराही सिमेन्टले हकप्रद शेयर निष्काशन गर्ने

घोराही सिमेन्टले हकप्रद शेयर निष्काशन गर्ने

Dec 22, 2024 10:40 AM Merolagani

घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेड (GCIL) ले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ। कम्पनीले दाङ जिल्ला घोराही उपमहानगरापलिका वडा नं. १५, भरतपुरमा अवस्थित होटल पौवामा बिहान ९ बजे साधारण सभा बोलाएको हो।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus