Ipo.aspx merolagani - युक्रेनले मस्कोमै पुगेर पुटिनको ‘मुटु’ लाई मारिदिएपछि विश्वयुद्धको खतरा बढ्यो

युक्रेनले मस्कोमै पुगेर पुटिनको ‘मुटु’ लाई मारिदिएपछि विश्वयुद्धको खतरा बढ्यो

Dec 18, 2024 04:24 PM mero lagani

सत्ता सम्हालेको २४ घण्टा भित्र रुस, युक्रेन युद्ध समाप्त गर्ने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको पदबहाली अगाडि नै स्थितिले वारपारको रुप लिने अवस्था सृजना भएको छ । 

युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘मुटु’ मानिएका उच्च सैनिक अधिकारीलाई मङ्गलवार मस्कोमै पुगेर मारेपछि त्यो स्थिति सृजना भएको हो । कतिपय विश्लेषकहरुले अब रुसले रुस युक्रेन विरुद्ध आणविक हतियार प्रयोग गर्ने र त्यसले विश्वयुद्धकै रुप लिन सक्ने आशंका पनि गरिरहेका छन्।

रुसको राजधानी मस्कोमा ‘स्कुटर बम’ विस्फोटनमा मारिएका रुसी सेनाका लेफ्टिनन्ट जेनरल तथा रुसको विकिरण, रासायनिक तथा जैविक सुरक्षा फौजका प्रमुख इगोर किरिलोफलाई पुटिनले आफ्नो मुटु जस्तै भएको बताउने गरेका थिए ।

युक्रेनले उक्त आक्रमण आफूले गराएको दाबी गरेको छ । युक्रेनको गुप्तचर निकाय ‘एसबीयू’ले सन् २०२२ को फेब्रुअरीमा युद्ध शुरु भए यता किरिलोफको आदेशमा रुसले युक्रेनी भूमिमा ‘४,८००० भन्दा बढी पटक विभिन्न खालको रासायनिक हतियार’ प्रयोग गरेको दावी गर्दै आएको छ । त्यही कारण उस्ले रुसी राष्ट्रपति पुटिन पछि आफ्नो प्रमुख शत्रु किरिलोभ नै भएको बताउँदै आएको थियो ।
युक्रेनको साथै बेलायती विदेश मन्त्रालयले किरिलोफले नेतृत्व गरेको फौजले ‘युक्रेनमा रासायनिक हरियातको नृशंस प्रयोग’ गरेको थियो । बेलायती विदेश मन्त्रालयले किरिलोफको आदेशपछि रुसी सैनिकले निसास्सिने गराउने विषाक्त पदार्थ क्लोरोपिक्रिन प्रयोग गरेको आरोप लगाउँदै आएको छ ।
युक्रेनी सुरक्षा निकाय ‘एसबीयू’ले आफूले किरिलोफमाथि आक्रमण गर्न विशेष अभियान चलाइएको र त्यसमा उनीसँगै अर्का एकजना सैनिक अधिकारी पनि मारिएको दावी गरेको छ, जस्लाई रुसले पनि पुष्टि गरेको छ ।

किरिलोफको मृत्युलाई रुसी अधिकारीले ‘इतिहासले विर्सन नसक्ने घटना’ भएको दावी गरेका छन् । यद्धपी यो घटनाको बारेमा पुटिनले अहिलेसम्म कुनै प्रतिकृया दिएका छैनन् । तर, रुसी अधिकारीहरुको प्रतिकृया हेर्दा उनलाई यो घटनाले निकै चोट पुर्याएको र त्यसको प्रतिशोधको लिनको लागि उनले जस्तो सुकै खतरनाक कदम चाल्न सक्ने देखिएको छ । त्यो भनेको घोषितरुपमा युक्रेन विरुद्ध रसायनिक हतियार प्रयोग गर्ने हो । त्यस्तो भएमा युक्रेनको पक्षमा रहेका पश्चिमा राष्ट्रहरुले पनि रुस विरुद्ध युद्धको घोषणा गर्न सक्ने र त्यसले विश्वलाई नै युद्धको चपेटामा पार्न सक्ने भय उत्पन्न गराएको छ ।

comments powered by Disqus