Ipo.aspx merolagani - बैंकहरुको ब्याजदर घट्यो कि बढ्यो? कुनै बैंकले कति दिन्छ ब्याज?

बैंकहरुको ब्याजदर घट्यो कि बढ्यो? कुनै बैंकले कति दिन्छ ब्याज?

Dec 15, 2024 07:52 AM Merolagani

वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। सूचना अनुसार केही बैंकहरुले ब्याजदर मंसिरको तुलनामा बढाएका छन्, केहीले घटाएका छन् भने अधिकांशले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

२० वाणिज्य बैंकहरुमध्ये १४ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा मंसिरकै दरलाई निरन्तरता दिएका छन्। त्यस्तै, ३ बैंकहरुले यस्तो ब्याजदर घटाएका छन् भने ३ बैंकहरुले ब्याजदर बढाएका छन्।

व्यक्तिगत मुद्दति निक्षेपमा पुस महिनामा सबैभन्दा ब्याज दिने बैंक एनआईसी एशिया बैंक रहेको छ। सो बैंकले अधिकतममा ६.६ प्रतिशत ब्याज दिने भएको छ। यद्यपि, बैंकको ब्याजदर मंसिरको तुलनामा ०.१९ प्रतिशतविन्दु घटेको हो। यस्तो खातामा सबैभन्दा कम ब्याज दिने बैंक भने लक्ष्मी सनराइज बैंक रहेको छ। सो बैंकले पुस महिनामा अधिकतममा ५.५ प्रतिशत ब्याज दिनेछ।

कुन बैंकको ब्याजदर कति?

एचआईडिसिएलको लाभांश घोषणा

Dec 11, 2024 10:20 AM

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) (HIDCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।