Ipo.aspx merolagani - यी तीन कम्पनीहरुले लाभांश वितरण नगर्ने

यी तीन कम्पनीहरुले लाभांश वितरण नगर्ने

Dec 19, 2024 10:28 AM Merolagani

नेप्सेमा सूचीकृत थप ३ कम्पनीहरुले लाभांश वितरण नगर्ने घोषणा गरेका छन्।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक (CORBL) , गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था (VLBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेका हुन्।

पुस ३ गते बसेको कर्पोरेट डेभलपमेन्ट बैंक र गणपति लघुवित्त (GMFBS) को सञ्चालक समितिको बैठक र पुस ४ गते बसेको विजय लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्। यी कम्पनीहरुले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएका छन्।

comments powered by Disqus