Ipo.aspx merolagani - सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य समायोजन

सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य समायोजन

Dec 24, 2024 06:38 AM Merolagani

पुस ९ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा माइ हाइड्रोपावर (SHPC) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ४८८ रुपैयाँ १८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५३७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

सो लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। कम्पनीको सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

 

comments powered by Disqus

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 24, 2024 07:16 AM

पुस ९ गते, मंगलबार, ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।