Ipo.aspx merolagani - दुई कम्पनीको शेयरमूल्य समायोजन

दुई कम्पनीको शेयरमूल्य समायोजन

Dec 27, 2024 08:50 AM Merolagani

पुस १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले सर्वोत्तम सिमेन्ट (SARBTM) को ७ प्रतिशत बोनस र ग्रिंन भेन्चर्सको १० प्रतिशत बोनस समायोजन गरेको हो। समायोजनपश्चात सर्वोत्तमको शेयरमूल्य ७१४ रुपैयाँ ६७ पैसा कायम भएको छ भने ग्रिन भेन्चर्सको ५१० रुपैयाँ ४५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा सर्वोत्तमको शेयर प्रतिकित्ता ७६४ रुपैयाँ ७० पैसा र ग्रिन भेन्चर्स (GVL) को प्रतिकित्ता ५६१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

सर्वोत्तम सिमेन्टले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २६ गते, शुक्रबार, होटल भिलासा, भैरहवा, रुपन्देहीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

ग्रीन भेन्चर्स लिमिटेडले पुस २८ गते आईतबार, रानी महल ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा छैटौंँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ०.५२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

 
comments powered by Disqus

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 24, 2024 07:16 AM

पुस ९ गते, मंगलबार, ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।