Ipo.aspx merolagani - धितोपत्र बोर्डले आइपिओ अनुमति दिन सुरु गर्‍यो, बिहीबार दुई कम्पनीले पाए अनुमति

धितोपत्र बोर्डले आइपिओ अनुमति दिन सुरु गर्‍यो, बिहीबार दुई कम्पनीले पाए अनुमति

Jan 16, 2025 05:36 PM merolagani

नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्कासन अनुमति दिन सुरु गरेको छ। बिहीबार मात्रै दुई कम्पनीको प्राथमिक निष्कासन स्वीकृति बोर्डले दिएको छ।

बिहीबार निष्कासन अनुमति पाउनेमा क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्स छन्। उनीहरूले क्रमशः २२ लाख ५० हजार कित्ता र १८ लाख कित्ता शेयर निष्कासन अनुमति पाएका हुन्। दुवै कम्पनीले ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्न अनुमति पाएका हुन्।

दुई कम्पनीले निष्कासन अनुमति पाएसँगै चालु वर्ष अनुमति पाउने कम्पनी चार पुगेका छन्। यस अघि गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स छन्। धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आए यता भने तीन कम्पनीले निष्कासन अनुमति पाए। त्यसअघि सम्पूर्ण निष्कासन अनुमति प्रक्रिया नै अवरुद्ध थियो। बिहीबार दुई कम्पनीले अनुमति पाएसँगै लामो समय अवरुद्ध निष्कासन प्रक्रियाले निरन्तरता पाउने अपेक्षा गरिएको छ।

बिहीबार निष्कासन अनुमति पाउने एक माइक्रो लाईफ इन्स्योरेन्स छ भने अर्को औषधि उत्पादन गर्ने कम्पनी छ। औषधि उत्पादन गर्ने कम्पनीले भने निक्कै चाँडो अनुमति पायो। किनकि गत वर्ष मात्रै कम्पनी स्थापना भएको हो। गत वैशाखमा मात्रै उसले निष्कासन अनुमतिको लागि निवेदन दिएको थियो।

बिहीबार अनुमति पाउने कम्पनीका बिक्री प्रबन्धकमा एनआइबिएलएस क्यापिटल र प्रभु क्यापिटल छन्।

बोर्डले प्राथमिक निष्कासन अनुमति दिँदै गर्दा भने बुक बिल्डिङ र प्रिमियममा शेयर निष्कासन अनुमति मागेका कम्पनीलाई भने अझै पनि स्वीकृति दिएको छैन। अर्कोतर्फ सबैभन्दा बढी जलविद्युत कम्पनीको निवेदन भएपनि उनीहरूले भने अझै अनुमति पाएका छैनन्। 

comments powered by Disqus

माघ महिनाका लागि बैंकहरुले कति निर्धारण गरे ब्याजदर?

Jan 13, 2025 09:12 AM

वाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर तोकेका छन्। २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको ब्याजदरको सुचना अनुसार अधिकांश बैंकहरुले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।