Ipo.aspx merolagani - गत साता साढे १ प्रतिशतभन्दा बढी घटेको नेप्से, यस साता के होला?

गत साता साढे १ प्रतिशतभन्दा बढी घटेको नेप्से, यस साता के होला?

Jan 19, 2025 06:11 AM Merolagani

गत साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको थियो। अघिल्लो साता २६३५.०९ विन्दुमा बन्द भएको नेप्से, गत साता १.७६ प्रतिशत अर्थात ४६.४७ अंक घटेर २५८८.६२ विन्दुमा झरेको छ।

गत साता ४ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन नेप्से बढेको थियो। सो साताको बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएको थियो।

 

‘पर्ख र हेर’ को अवस्था

गत साता नेप्सेको दैनिक कारोबारमा ठूलो अंकको फरक देखिएको थिएन। बजार सामान्य अंकले घट्ने बढ्ने भइरहेको छ। यसले लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेको संकेत गर्दछ। आगामी दिनमा नेप्से उकालो लागेमा २६५० देखि २६८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा २४४० देखि २५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले बियरिश मारुबोजु मैनबत्ती बनाएको छ। यसका साथै गत साताका चारै कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको थियो। यसले गत साता साप्ताहिक र दैनिक दुबैमा बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्से घटेपनि भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ६० करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब २४ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ६.८७ प्रतिशत बढी हो।

बियरिश क्रशओभर

साताको अन्तिम कारोबार दिन नेप्सेको एमएसिडी रेखा तल झरेर सिग्नल रेखासँगै पुगेको छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल झरेमा बियरिश क्रशओभर बन्नेछ जसले बजार घट्ने संकेत गर्दछ। गत साता नेप्सेको हिस्टोग्राम पनि घट्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनबाट ओभरसोल्ड जोनमा झर्ने क्रममा रहेको छ। यसले बजारमा बिक्रीचाप बढ्न थालेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।