Ipo.aspx merolagani - माघ २१ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन

माघ २१ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन

Jan 27, 2025 09:39 AM Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले माघ २१ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ।

इन्स्योरेन्सले १ बराबर ०.८८४५१६८ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। इन्स्योरेन्सले सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले फागुन ५ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को केन्द्रिय कार्यालय पुतलीसडक तथा शाखा कार्यालय विराटनगर, बीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।

comments powered by Disqus

एलन मस्कको एउटा शब्दले पाकिस्तानको ‘इगो हर्ट’, माफी नमागे परिणाम गम्भिर हुने चेतावनी

Jan 27, 2025 06:05 AM

भनिन्छ कसैले पनि कसैको ‘इगो हर्ट’ गर्नु हुँदैन । अर्थात जब कसैले अरु कसैको व्यवहारको कारण आफ्नो प्रतिष्ठामा आँच पुगेको महसुस गर्छ, तब उस्ले आफूले मौका पाउनासाथ त्यस्तो व्यक्तिसँग प्रतिशोध लिन्छ र त्यसले दुखद परिणाम निम्त्याउँछ ।