Ipo.aspx merolagani - ङादी ग्रुप पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

ङादी ग्रुप पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

Feb 11, 2025 08:30 AM Merolagani

ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले पुस २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (माघ २९ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो। यस अनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपि डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ।

हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकममध्ये १ अर्ब ८१ करोड ८७ लाख ७९ हजार २२२ रुपैयाँ ५० पसा समृद्धि इनर्जी लिमिटेडद्वारा प्रबर्द्धित बझाङ्ग माथिल्लो सेती जलविद्युत आयोजनामा लगानी गर्न प्रयोग गर्नेछ भने ३ करोड २५ लाख रुपैयाँ मर्मत संभारमा खर्च गर्नेछ।

comments powered by Disqus

काराेबारकाे अन्त्यमा शेयरको मूल्य बढाएर सर्किट लगाउनेका दिन सकिँदै, अन्तिम १५ मिनेटको औसत मूल्य कायम गर्ने नियम लागु हुने

Feb 18, 2025 06:07 PM

सुवास निरौला

दोस्रो बजारमा अन्तिम सेकेण्डमा मार्केट “एमकेटी” गर्दै शेयरको मूल्य बढाएर सर्किट लगाउनेहरूको दिन सकिने भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यस अघि कायम हुने गरेको अन्तिम शेयरको कारोबार मूल्य गणना गर्ने विधि परिवर्तन गर्ने निर्णय गरेको छ।