Ipo.aspx merolagani - अन्तिमको सर्किट लगाउने प्रवृत्तिकाे अन्त्य, लगानीकर्ताकाे माग पुरा भयाे

अन्तिमको सर्किट लगाउने प्रवृत्तिकाे अन्त्य, लगानीकर्ताकाे माग पुरा भयाे

Feb 18, 2025 07:06 PM Merolagani

पछिल्ला तीन कारोबार दिनदेखि बजारले निरन्तर रुपमा सकारात्मक लय समाएको छ । आजको बजार १२.६८अंकले बढेर २७४०.५९ विन्दुमा पुगेको छ ।

बजारले निरन्तर रुपमा बढ्दो क्रमलाई निरन्तरता दिँदा आम लगानीकर्ताको मनोभावना सकारात्मक बनेको छ । सोही अनुसार लगानीकर्ताहरु बढ्न बाँकी रहेका राम्रा कम्पनीको छनोट गरी लगानी गर्ने रणनीतिमा देखिन्छन् । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउँदैछ । समीक्षामा सकारात्मक आउने विश्वास लगानीकर्ता गरेको पाइन्छ ।

बजारमा टिएमएसमा भएको एमकेटी फिचर प्रयोग गर्दै चलखेल हुने गरेको आरोप लाग्दै आएकाे छ। नेप्सेले विनियमावलीमा भएको व्यवस्थालाई परिमाजर्न गर्दै उक्त फिचर मार्फत हुने कारोबारलाई व्यवस्थित गर्न खोजेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले बताए । उनका अनुसार अब नेप्सेले अन्तिम १५ मिनेटको कारोबारको भारित औसत मूल्यको आधारमा अन्तिम मूल्य तय गर्ने छ । याे लगानीकर्ताले धेरै अगाडिदेखि उठाउँदै माग हाे ।

धमाधम लाभांश घोषणा गर्दै बीमा कम्पनी, ४ जीवन र ५ निर्जीवनले घोषणा गरे लाभांश

Feb 15, 2025 11:03 AM

नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत १२ जीवन बीमा र १२ निर्जीवन बीमा गरी सूचीकृत २४ बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।