Fri, Feb 28, 2025
सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड (SMPDA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
फागुन ११ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
लघुवित्तले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामार्फत असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिने घोषणा गरेको छ । बैंकरहरुका अनुसार यसबाट बैंकहरुको समग्र नाफा ५ अर्बले बढ्ने बताएका छन् ।