Ipo.aspx merolagani - ट्रम्पले नेपालमा यूएसएडले गरेका लगानी 'फ्रड' भएको बताएपछि अर्थ मन्त्रालयले दियाे स्पष्टिकरण

ट्रम्पले नेपालमा यूएसएडले गरेका लगानी 'फ्रड' भएको बताएपछि अर्थ मन्त्रालयले दियाे स्पष्टिकरण

Feb 24, 2025 04:22 PM Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा यूएसएडले गरेका लगानी 'फ्रड' भएको बताएपछि अर्थ मन्त्रालयले स्पष्टिकरण दिएकाे छ । विगत केही दिनदेखि अमेरिकी सहयोग नियोग (USAID)बाट सञ्‍चालित कार्यक्रमहरुको विषयमा सञ्‍चार माध्यम तथा सामाजिक सञ्‍जालहरुमा आएका समाचार र टिप्पणीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएकाे छ।  

तर, ट्रम्पले उल्लेख गरेका ती कार्यक्रम अहिले डिजाइनकै चरणमा रहेका र त्यसमा अनुदान प्राप्त भई नसकेको अर्थ मन्त्रालयले खुलाएको छ । 

उक्त विज्ञप्तीमा लेखिएकाे छ, "नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको छ। अमेरिकी सहयोग नियोग (USAID)बाट नेपालमा सन् १९५१ देखी निरन्तर रुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रम सञ्‍चालन हुँदै आएको छ।"

"यसैबीच, अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५मा जारी कार्यकारी आदेश बमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत् सञ्‍चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ," विज्ञप्तिमा थप लेखिएकाे छ ।

त्यसैगरी, जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरु डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरु समेत रोकिएको पनि मन्त्रालयले जनाएकाे छ। डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमहरुको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्‍त नभएको अर्थ मन्त्रालयले जानकारी दिएकाे छ।

comments powered by Disqus