नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो । पछिल्ला दुईकारोबार दिनदेखि सुन र चादीको मूल्यमा निरन्तर ठूलो गिरावट भएको छ ।
यस दिन चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा किनबेच भएको छ । शुक्रबारको बजारमा चाँदी तोलाको एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।