Ipo.aspx merolagani - प्रतिरोध परीक्षणमा राधी विद्युत कम्पनी, हेरौँ कम्पनी विश्लेषण

प्रतिरोध परीक्षणमा राधी विद्युत कम्पनी, हेरौँ कम्पनी विश्लेषण

Apr 12, 2025 06:19 PM Merolagani

यस साता जलविद्युत उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ। गत साता ३५०४.९१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ५९.१४ अंक घटेर ३४४५.७७ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो राधी विद्युत कम्पनी लिमिटेड (RADHI)।

यस साता सो कम्पनीको शेयरमूल्य ३१ रुपैयाँ ३ पैसा बढेको छ। गत साता ४४० रुपैयाँ ६१ पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ४७१ रुपैयाँ ६४ पैसामा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध परीक्षणमा

यस साता कम्पनीको शेयरमूल्य प्रतिरोध परिक्षणमा रहेको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले प्रतिरोध परीक्षण गरेको हो। हाल कम्पनीको प्रतिरोध क्षेत्र ४७० देखि ४८० सम्म रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्य सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा ४१५ देखि ४२५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यस साताको अन्तिम दुई कारोबार दिन कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। जसले ती कारोबार दिनहरुमा कम्पनीको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा ८ पटक बाइ सिग्नल दिइसकेको छ। जसमध्ये ७ वटा सिग्नल सफल भएका थिए भने एक सिग्नलमा स्टप लस गर्नु परेको थियो। पछिल्लो समय मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा कुनै बाइ सिग्नल दिएको छैन।

बलियो भोल्यूम

यस साता कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ५ लाख ६५ हजार २१३ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम २ लाख १७ हजार ९१६ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम १५९.३७ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। यस साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। र यी दुबै रेखा बीचको दूरी बढ्दो क्रममा रहेको छ। त्यसैगरी, यस साता कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदचाप बढी

यस साता कम्पनीको स्टकास्टिक आरएसआई ओभरबट जोनमा पुगेको छ। यसले यस साता बजारमा कम्पनीको शेयरमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ७ करोड ५९ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ४० लाख ५ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने घटेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड ३३ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६ करोड ४२ लाख रुपैयाँबाट बढेर ६ करोड ५२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफाभने ४ करोड ७१ लाख रुपैयाँबाट घटेर ४ करोड ६३ लाख रुपैयाँमा झरेको छ। कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च बढेसँगै कम्पनीको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

१ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४० करोड ८० लाख ८३ हजार रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ २४ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ६५.३२ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.८३ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको १ करोड ७५ लाख ५५ हजार ८८८.४७ कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ८ अर्ब २८ करोड ५९ हजार २३७ रुपैयाँ ९९ पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ३९० रुपैयाँ ४२ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ४८३ रुपैयाँ ३० पैसा रहेको छ भने न्यून मूल्य २२३ रुपैयाँ २० पैसा रहेको छ।

ब्रोकर ४५ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ४५ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको २ लाख ६३ हजार ७०५ कित्ता शेयर खरिद गरेको हो। त्यस्तै, यस साता ब्रोकर नम्बर १४ ले १ लाख ९० हजारभन्दा बढी र ५८ ले कम्पनीको १ लाख १२ हजारभन्दा बढी कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ४४ ले कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको १ लाख ८८ हजार २३९ कित्ता शेयर बिक्री गरेको हो।

मूल्य बढ्ने अपेक्षा

यस साता फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयर ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

पिए भूपदेव र प्रहरी प्रमुख राजु पाण्डेलाई कारवाही गर्ने दबाब पछि गले बालेन, गुरागाईसंगको सम्वन्ध कसरी मिलाउलान् ?

Apr 12, 2025 06:19 PM

सधै आक्रामक रहने काठमाडौं महानगरपालिका मेयर बालेन साह अहिले चौतर्फीरुपमा एक्लिएपछि तनावमा परेका छन् । यसै पनि कम बोल्ने र कर्मचारी तथा जनप्रतिनिधिलाई कमै मात्र भेटने साहले अघिल्लो विहीबारप्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने आफ्नो प्रयास असफल भएपछि निराश भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।