Ipo.aspx merolagani - तीन वाणिज्य बैंकहरुले ब्याजदर घटाए, एकले भने बढायो

तीन वाणिज्य बैंकहरुले ब्याजदर घटाए, एकले भने बढायो

Apr 13, 2025 08:58 AM Merolagani

वाणिज्य बैंकहरुले २०८२ बैशाख महिनाका लागि ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार २० वाणिज्य बैंकहरुमध्ये ३ बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ। बाँकी १६ बैंकहरुको यस्तो खाताको अधिकतम ब्याजदर स्थिर रहेको छ।

बैशाख महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरु कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन्। यी बैंकहरुको अधिकतम ब्याजदर क्रमशः ०.०९ प्रतिशत, ०.१ प्रतिशत र ०.३५ प्रतिशतविन्दु घटेको हो। ब्याजदर बढाउने बैंक भने एभरेष्ट बैंक रहेको छ। व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा सो बैंकले ०.६१ प्रतिशतविन्दु बढाएको छ। अन्य १६ बैंकहरुले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

औषतमा भने यस्तो निक्षेपमा २० वाणिज्य बैंकहरुको ब्याजदर ०.००३५ प्रतिशतविन्दु बढेको छ।

बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने चैतको तुलनामा बैशाखमा औषतमा ०.०६४ प्रतिशतविन्दु घटेको छ। यस्तो निक्षेपमा ८ बैंकहरुले ब्याजदर घटाएका छन्। एभरेष्ट बैंकले भने संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि बढाएको छ।

कुन बैंककाे ब्याजदर कति?

पिए भूपदेव र प्रहरी प्रमुख राजु पाण्डेलाई कारवाही गर्ने दबाब पछि गले बालेन, गुरागाईसंगको सम्वन्ध कसरी मिलाउलान् ?

Apr 12, 2025 06:19 PM

सधै आक्रामक रहने काठमाडौं महानगरपालिका मेयर बालेन साह अहिले चौतर्फीरुपमा एक्लिएपछि तनावमा परेका छन् । यसै पनि कम बोल्ने र कर्मचारी तथा जनप्रतिनिधिलाई कमै मात्र भेटने साहले अघिल्लो विहीबारप्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने आफ्नो प्रयास असफल भएपछि निराश भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।