Ipo.aspx merolagani - कुमारी बैंकले ल्यायो Topup र Fonepay Direct गरौँ, बम्पर उपहार जितौँ !” योजना

कुमारी बैंकले ल्यायो Topup र Fonepay Direct गरौँ, बम्पर उपहार जितौँ !” योजना

Apr 16, 2025 02:33 PM mero lagani

कुमारी बैंकले नयाँ योजना Topup र Fonepay Direct  गरौँ, बम्पर उपहार जितौँ !”सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनु हुनेछ, जसमाबम्पर उपहार iPhone 16 रहेको छभने हरेक हप्ता १०० जनालाई रु.१०० को मोबाइल रिचार्ज उपहार समेत रहेको छ ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को Fonepay Direct कारोबार अफर अवधि भित्र पूरा गर्नु पर्नेछ। यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार iPhone 16 को लागि स्वतः योग्य हुने छन् । यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु.१०० को मोबाइल टपअप जित्न सक्नेछन्। साथै, योजना समाप्त भएपछि सहभागीमध्यका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप नयाँ iPhone 16 जित्ने अवसर प्राप्त गर्ने छन् । यो योजना १ बैंशाख २०८२ देखि ३१ बैशाख २०८२ गते सम्म सञ्चालन हुनेछ ।

यस योजनाले  ग्राहकहरूलाई Kumari Smart बचत मोबाइल बैंकिङ्ग एप मार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वासका साथ मोबाइल टपअप Fonepay Direct कारोबारलाई प्रवद्र्धन गर्दै, डिजिटल बैंकिङ्ग सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैकले राखेको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल,सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।