Ipo.aspx merolagani - प्रतितोला ३ हजार ६०० रुपैयाँ बढेर ऐतिहासिक उचाईमा सुनको मूल्य

प्रतितोला ३ हजार ६०० रुपैयाँ बढेर ऐतिहासिक उचाईमा सुनको मूल्य

Apr 17, 2025 10:43 AM Merolagani

चैत ४ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ। अघिल्लो दिन अर्थात बुधबार रेकर्ड बनाएको सुनको मूल्यले यस दिन सो रेकर्ड तोडेर नयाँ उचाईमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँ बढेको हो। बुधबार यस्तो सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। बुधबार तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus