Ipo.aspx merolagani - गभर्नरको नियुक्तिको लागि २० करोडको ‘डिल’ भएको एमाले नेता महेश बस्नेतको दावी

गभर्नरको नियुक्तिको लागि २० करोडको ‘डिल’ भएको एमाले नेता महेश बस्नेतको दावी

Apr 24, 2025 03:10 PM mero lagani

एमाले पोलिटव्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले ‘राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोडको ‘डिल’ गरिएको प्रमाण फेला परेको दावी गरेका छन् ।

राज्यमन्त्रीबाट बर्खास्त गरिएका पूर्णबहादुर तामाङले उक्त ‘डिल’ गरेको गम्भीर आरोप लगाएका हुन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै बस्नेतले त्यो दाबी गरेका हुन् । उनले तामाङले विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर अर्बौँको ठेक्कामा मिलेमतो र अनियमितता गरेको आरोप पनि लगाएका छन् ।

यस्तो छ उनको स्टाटसः

ठेकेदार कान्छाराम उर्फ पूर्णबहादुर, जसको नाममा २० भन्दा बढी योजना कालोसूचीमा छ । सारा ठेक्का सेटिङमा पार्छ र काम चोरेर अलपत्र गर्छ ।

ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ । अझै खतरनाक कुरा त राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो ।

तर जो चोर उसकै ठुलो स्वर भने झैं अचेल कान्छाराम मिडियामा प्रधानमन्त्रीविरुद्ध राजनीतिक आडमा पद फुस्केपछि अनावश्यक आरोप लगाएर नौटङ्की गरिरहेको छ । याद गरेसः एमालेको पङ्क्तिको हातमा पनि दही जमेर बसेको छैन । अब समय आयो । भ्रष्ट र बेइमानहरूको पर्दाफास गरौँ । इमान्दार नेतृत्व र युवा पुनर्निर्माणको लागि प्रधानमन्त्रीज्यूले चालेको कदम सँगै उभियौँ । साथ दिऊँ, परि आए ज्यान दिऊँ ।

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।