नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यस्तो सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा ७ हजार ५०० रुपैयाँ घटेको हो।
यस दिन चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ५ रुपैयाँ घटेर तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।
