Ipo.aspx merolagani - माओको नीति अपनाउदैं अमेरिकी शेयर बजार र सरकारी वण्डमाथि आक्रमण गर्दै चीन, अमेरिकी अर्थतन्त्र ‘क्र्यास हुने’ चिन्ता

माओको नीति अपनाउदैं अमेरिकी शेयर बजार र सरकारी वण्डमाथि आक्रमण गर्दै चीन, अमेरिकी अर्थतन्त्र ‘क्र्यास हुने’ चिन्ता

Apr 28, 2025 01:35 PM mero lagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरु गरेको कर युद्धले विश्वव्यापीरुपमा निम्ताइरहेको हलचल कायमै रहेको बेला चीनको सम्भावित एउटा कदमले अमेरिकी शेयर बजारमा त्रासको वातावरण उत्पन्न भएको छ । 

त्यसले अमेरिकी शेयर बजार मात्र होइन, समग्र अर्थतन्त्र नै ‘क्र्यास हुन सक्ने’ चिन्ता थपिएको विश्लेषकहरुले बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरु गरेको कर युद्धबाट विश्वभर प्रभाव पारिरहे पनि उनको मुख्य निशाना चीन हो भन्ने स्पष्ट छ । उनले सबैभन्दा धेरै (२४५ प्रतिशत) कर पनि चिनियाँ उत्पादनमा लगाएका छन् भने जवाफमा चीनले पनि अमेरिकी उत्पादनमा १२५ प्रतिशतसम्म कर लगाएको छ । त्यसमाथि चीनले विद्युतिय सामाग्री निर्माणमा सबैभन्दा महत्वपूर्ण तत्वको रुपमा रहेको ‘रेअर अर्थ’ निकासीमा पनि प्रतिबन्ध लगाएको छ । यसले अमेरिकाको कम्युटरदेखि जहाज र अन्तरिक्ष यान निर्माणसमेत प्रभावित भएको छ ।

चीनको उक्त निर्णय पछि ट्रम्पले कतिपय देशमाथि लगाइएको अतिरिक्त करलाई ९० दिनसम्म स्थगित गरेका छन् भने चीनसंग कुटनीतिक तरिकाले वार्ता शुरु गर्ने प्रयास गरिरहेको खबरहरु वाहिरिएका छन् । उनले चिनियाँ वस्तुमा लागेको ट्यारिफ उल्लेखनीय घट्ने तर शून्य नहुने टिप्पणी गरेका छन्। ।

कुनै पनि विषयमा ढिलो तर कडा कदम चाल्ने देशको रुपमा रहेको चीनले अब अमेरिकी अर्थतन्त्रमाथि अर्काे कडा प्रहार गर्न लागेको अन्तराष्ट्रिय संचारमाध्यहरुले जनाएका छन् । उनीहरुका अनुसार चीनले प्रहार गर्न लागेको क्षेत्र अमेरिकी सरकारी बण्डहरु हो, जस्ले अमेरिकी शेयर बजार र समग्र अर्थतन्त्रको सन्तुलन नै नराम्रोसँग विगार्ने निश्चित प्रायः छ ।

चीन अमेरिकी सरकारी बन्डको सबैभन्दा ठूलो खरिदकर्ता हो । चीनसँग अहिले ७ खर्ब ६० अर्ब डलर बराबरको अमेरिकी सरकारी बण्ड छ । चीनपछि जापानसँग १ खर्ब १० अर्ब डलर बराबरको उक्त बण्ड छ ।

विश्वमा दीर्घकालिन लगानीको लागि सरकारी बन्डहरू सबैभन्दा सुरक्षित मानिन्छन् । त्यसमाथि चीन, अमेरिका, बेलायत, जापान जस्ता देशका सरकारी वण्डहरु त ‘कहिल्यै घाटामा नजाने, नाफा मात्र दिने’ लगानीका क्षेत्र मानिन्छन् । तर, अमेरिका चीन व्यापार युद्ध शुरु भएपछि चीनले देखिने गरि अमेरिकी सरकारी वण्डहरुको खरिद विक्री गरेको छैन । त्यहीकारण पनि अमेरिकी सरकारी वण्डहरुको खरिद विक्रीमा कमी आएको छ भने त्यसले शेयर बजार लगायतका लगानीका अन्य क्षेत्रमा पनि असर पारेको छ ।

विवश्लेषकहरुले चीनले अब एकातर्फ अमेरिकी बन्ड ‘चिनियाँ शैली’ मा नै बेचिदिन शुरु गर्नेछ भने नयाँ बन्ड किन्न कडाईका साथ रोक्नेछ । यहाँ ‘चिनियाँ शैली’को भन्नुको अर्थ जस्ले जतिमा किन्न सक्छ, त्यतिमै बेच्ने हो ।

निश्चय पनि त्यसबाट चीनलाई समेत केही हदसम्म नकारात्मक असर पर्न सक्छ । चिनियाँ मुद्रा युआनलाई अस्थिर बनाइदिन्छ । तर, त्यसको तुलनामा अमेरिकालाई कैयौं गुना नकारात्मक असर पर्नेछ, अमेरिकी वण्डको खरिद विक्री मात्रै होइन, शेयर बजार र समग्र अर्थतन्त्रमै भाँडभैलो मच्चिनेछ । हेक्का राख्नु पर्ने कुरा के हो भने आफूले पीडा सहेर पनि ‘शत्रु’ माथि आक्रमण गर्ने र परास्त गर्ने चीनको अहिलेको शैली होइन, चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै माओत्सेतुङले अपनाएको कार्यनीति र शैली हो ।

‘चिनियाँ नेतृत्व अमेरिकी आक्रामकताका सामु झुक्नुको साटो पीडा सहेर पनि प्रतिकार गर्नु पर्नेमा अडिग देखिएको छ । चीनको मुड हेर्दा अमेरिकासँग भिडेरै तह लगाउने देखिन्छ’ वाशिङ्टन डीसीमा रहेको पिटर्सन इन्स्टिट्यूटका अमेरिका-चीन व्यापारविज्ञ मेरी लभ्लीले बीबीसीसँग भनेकी छन् । उनका अनुसार चीनले एकै पटक सबै अस्त्र प्रयोग गर्दैन, एक एक गरेर कदम चाल्छ । जस्तो कि पहिले जवाफी ट्यारिफ लगायो, त्यसपछि रेअर अर्थमाथि प्रतिवन्ध लगायो र अब सरकारी बण्डहरुमाथि आक्रमण गर्दैछ । चीनको यो आक्रमण रोक्न अमेरिकालाई सहज छैन ।

गभर्नर छनौट समितिकाे सदस्यमा महाप्रसाद अधिकारीको ‘इण्ट्री’ !

Apr 25, 2025 06:01 AM

सरकारी अर्कमण्यताको कारण बल्झिएको गभर्नर नियुक्ति प्रकरणसंग जोडिएको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन रहेको छ ।