Ipo.aspx merolagani - च्याटजीपीटीलाई टक्कर दिन आयो मेटा एआई एप, डिस्कभर फिटबाट पाउन सकिन्छ यस्ता विशेषता

च्याटजीपीटीलाई टक्कर दिन आयो मेटा एआई एप, डिस्कभर फिटबाट पाउन सकिन्छ यस्ता विशेषता

May 01, 2025 11:01 AM Merolagani

च्याटजीपीटीलाई टक्कर दिनका लागि मेटाले पनि अब आफ्नो नयाँ मेटा एआई एप लिएर आएको छ। यो एप लामा ४ ल्यांग्वेज मोडलमा आधारित छ र अब यो एप गूगल प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट डाउनलोडका लागि उपलब्ध भइसकेको छ।

अर्थात अब तपाईँ यस एपलाई छुट्टै आफ्नो फोनमा डाउनलोड गर्न सकिन्छ। यद्यपि, अहिलेसम्म मेटा एआईको प्रयोग गर्नका लागि या त ह्वाट्सएप, इन्स्टाग्राम, फेसबुक या मेसेन्जरको जरुरत पर्दथ्यो था कम्पनीको वेबसाइटमा जानु पथ्र्यो। तर अब तपाईँ एउटै मात्र एपको सहायताले पनि मेटा एआईको राम्रो तरिकाले प्रयोग गर्न सक्नुहुन्छ।

मेटा एआई एपमा मिल्छ डिस्कभरी फिड

च्याटजीपीटी जस्तो अन्य एआई एपमा केही सर्च गर्ने र फोटो बनाउने जस्ता सुविधाहरु मात्र प्राप्त गर्न सकिन्छ। तर, मेटाको एआई एप त्योभन्दा एक कदम अघि निस्केको छ। यस एपमा कम्पनीले विशष डिस्कभरी फिडलाई पनि जोडेको छ जहाँबाट तपाईँ यो जान्न सक्नुहुन्छ कि विश्वभरका मानिसहरु कुन तरिकाबाट एआई एपमाथि सर्च गरिरहेका छन्।

यसलाई देखेर तपाईँ पनि आफ्नो हिसाबले कुराहरुलाई एआईको प्रयोग गरेर खोज्न गर्न सक्नुहुन्छ। मेटाले यस डिस्कभरी फिडको एक फोटो शेयर गरेका छन् जसमा एक प्रयोगकर्ता आफ्नो एआईबाट तीन इमोजीमा त्यसको समरी दिनका लागि भनिरहेका छन् जसलाई उनी पछि आफ्नो साथीहरुसँग शेयर गर्न सक्छन्।

मेटाको डिस्कभरी फिड किन छ विशेष?

मेटा एआई एपमा डिस्कभरी फिडले अन्य मानिसहरु एआईको कसरी प्रयोग गरिरहेका छन् भन्ने थाहा पाउन सहयोग गर्दछ। तपाईँ अन्य मानिसहरुले शेयर गरेका सबैभन्दा राम्रो प्रम्प्ट हेर्न सक्नुहुन्छ, या त्यसलाई रिमिक्स गरेर आफ्नै केही बनाउन सक्नुहुन्छ। यद्यपि तपाई चाहनुहुन्छ भने त्यसलाई नियन्त्रण पनि गर्न सक्नुहुन्छ, अर्थात जबसम्म तपाईँ त्यसलाई पोस्ट गर्नुहुन्न तबसम्म तपाईँको फिडमा केही पनि शेयर हुने छैन। त्यो इन्टर्याक्शन मात्र फिडमा देखिन्छ जसलाई प्रयोगकर्ता स्वयम् शेयर गर्दछ।

विशेष भ्वाइस कन्ट्रोल

सो एपमा नियमित एआई एपजस्तै धेरै फिचर्स पाउन सकिन्छ तर यसको लन्चसँगै मेटाले आफ्नो भ्वाइस मोडलाई पनि राम्रो बनायो। एप इमेज जेनरेशन र इडिटिङ्ग जस्ता मेटा एआई फिचर्स पनि अफर गरेको छ, जुन अब तपाईको एआई एसिस्टेन्टसँगै भ्वाइस या टेक्स्ट च्याटको माध्यमबाट पनि गर्न सकिनेछ। मेटाले पछिल्लो समय भारतमा रे–ब्यान मेटा ग्लास पनि ल्याउने तयारी गरिरहेको छ।

(अनुवादित)

ढुंगानाको ‘वार्गेनिङ’ ले कांग्रेस-एमालेका नेताहरु हैरान, उनको सट्टा मिश्र गभर्नरमा सिफारिस हुन सक्ने, सोमबार नयाँ गभर्नर !

May 02, 2025 05:45 PM

‘अति गर्नु अति सार नगर्नु’ भनेझैं कामु गभर्नर निलम ढुंगानाले निरन्तररुपमा गरिरहेको ‘वार्गेनिङ’ बाट सत्तारुढ कांग्रेस एमालेका नेताहरु आजित भएका छन् ।