Ipo.aspx merolagani - सुनको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार ?

May 01, 2025 10:36 AM Merolagani

बैशाख १८ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि गिरावट भएकोे छ । यस दिन सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर एक हजार ९१५ रुपैयाँमा किनबेच भएको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

थाहा पाउनेले जति पनि डिम्याट खाता खोल्दै, केही लगानीकर्ताले भने ब्रोकरलाई दुईको नियम देखाएर यसरी ठग्दै

Apr 28, 2025 05:51 AM

सुवास निरौला

विकास थापा(नाम परिवर्तित)ले केही समय अघि ब्रोकर नम्बर १ कुमारी सेक्युरिटीजमा शेयर किन्ने भन्दै टिएमएस(ट्रेड म्यानेजमेन्ट सिस्टम)खाता खोले।