Ipo.aspx merolagani - के अरू कसैले तपाईंको जीमेल खाता प्रयोग गरिरहेको त छैन? यसरी पत्ता लगाउनुहोस्

के अरू कसैले तपाईंको जीमेल खाता प्रयोग गरिरहेको त छैन? यसरी पत्ता लगाउनुहोस्

May 03, 2025 11:17 AM Merolagani

तपाईंको जीमेल खाता सुरक्षित राख्नको लागि, तपाईंको खाता कहाँ लग इन गरिएको छ भनेर जान्न धेरै महत्त्वपूर्ण छ। गुगलले तपाईंको खाता एक्सेस भएका उपकरण र स्थानहरूको सूची जाँच गर्ने अप्सन प्रदान गरेको छ।

तपाईंको खाता कुनै पनि शंकास्पद उपकरणहरूबाट एक्सेस गरिएको छैन भनी सुनिश्चित गर्न तपाईंले यी जाँच गर्न सक्नुहुन्छ।

सबैभन्दा पहिले, आफ्नो कम्प्युटर वा स्मार्टफोनमा जीमेल खाता खोल्नुहोस्। यदि तपाईं कम्प्युटरमा हुनुहुन्छ भने, जीमेलमा जानुहोस् र आफ्नो क्रिडेन्सियलहरू प्रयोग गरेर साइन इन गर्नुहोस्। इनबक्समा पुगेपछि, पेजको तल स्क्रोल गर्नुहोस्। तलको दायाँ कुनामा तपाईंले ‘लास्ट अकाउण्ट एक्टिभिटी’ लेखिएको देख्नुहुनेछ, जसको तल ‘डिटेल्स’ लिङ्क हुनेछ। ‘डिटेल्स’ मा क्लिक गर्नुहोस्।

‘डिटेल्स’ मा क्लिक गरेपछि एक नयाँ विन्डो खुल्नेछ जहाँ रिसेन्ट एक्टिभिटीको सूची देख्न सकिन्छ। यो सूचीमा निम्न कुराहरु समावेश हुनेछन्ः

  • उपकरणको प्रकार (जस्तै विन्डोज पीसी, आईफोन, एन्ड्रोइड, आदि)।
  • प्रयोग गरिएको ब्राउजर
  • आईपी एड्रेस
  • लोकेशन (शहर वा सामान्य क्षेत्र)
  • एक्टिभिटीको समय र मिति।

यो खण्डमा तपाईंले आफ्नो खाता कहिले र कहाँबाट एक्सेस गरिएको छ भनेर समीक्षा गर्न दिन्छ। यदि तपाईंले कुनै अपरिचित कुरा देख्नुभयो भने — जस्तै तपाईंले नचिनेको उपकरण वा तपाईंले कहिल्यै नगएको स्थान। यदि त्यस्तो केही भेट्नुभयो भने अरू कसैले तपाईंको खाता एक्सेस गरेको संकेत हुन सक्छ।

  • दोस्रो विधि गुगल खाता सेटिंग्स मार्फत होः
  • माइ एकाउण्ट डट गुगल डट कममा जानुहोस्
  • बायाँ मेनुबाट ‘सेक्यूरिटी’ मा क्लिक गर्नुहोस्
  • ‘योर डिभाइस’ मा तल स्क्रोल गर्नुहोस् र ‘म्यानेज अल डिभाइस’ चयन गर्नुहोस्।
  • त्यहाँ तपाईंले हाल आफ्नो गुगल एकाउण्टमा साइन इन गरिएका सबै उपकरणहरूको सूची देख्नुहुनेछ। यसले उपकरणको नाम, प्रकार, अन्तिम गतिविधि समय र स्थान देखाउनेछ।

यदि तपाईंले चिन्न नसक्ने उपकरण वा सत्र देख्नुभयो भने, त्यसमा क्लिक गर्नुहोस् र ‘साइन आउट’ चयन गर्नुहोस्। त्यसपछि, तुरुन्तै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् र थप सुरक्षाको लागि टु स्टेप भेरिफिकेशन इनएबल गर्नुहोस्।

तपाईंको लगइन गतिविधि नियमित रूपमा जाँच गर्नाले तपाईंको जीमेल खाता अनधिकृत एक्सेसबाट सुरक्षित रहन्छ। यसले तपाईंलाई शंकास्पद उपकरणहरू छिटो पत्ता लगाउन र हटाउन सुविधा दिन्छ। साझा वा सार्वजनिक कम्प्युटरहरूबाट सधैं लग आउट गर्नुहोस् र विश्वास नलागेका उपकरणहरूमा पासवर्डहरू सेभ गर्नबाट बच्नुहोस्। (अनुवादित)

ढुंगानाको ‘वार्गेनिङ’ ले कांग्रेस-एमालेका नेताहरु हैरान, उनको सट्टा मिश्र गभर्नरमा सिफारिस हुन सक्ने, सोमबार नयाँ गभर्नर !

May 02, 2025 05:45 PM

‘अति गर्नु अति सार नगर्नु’ भनेझैं कामु गभर्नर निलम ढुंगानाले निरन्तररुपमा गरिरहेको ‘वार्गेनिङ’ बाट सत्तारुढ कांग्रेस एमालेका नेताहरु आजित भएका छन् ।