Ipo.aspx merolagani - नेप्सेको पुनर्संरचना र सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने विषय नीति तथा कार्यक्रमको प्राथमिकतामा

नेप्सेको पुनर्संरचना र सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने विषय नीति तथा कार्यक्रमको प्राथमिकतामा

May 02, 2025 03:58 PM merolagani

सरकारले नयाँ स्टक एक्सचेन्ज स्थापना गर्ने भन्दा पनि बढी प्राथमिकता नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गर्ने विषयलाई दिएको छ।

सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनर्संरचना गरी पूँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिने बताएका हुन्।

पौडेलले वैकल्पिक वित्त र बस्तु विनिमय सम्बन्धी कानुन निर्माण गरिने समेत उद्घोष गरेका छन्। नवीन वित्तीय उपकरण मार्फत सम्भावना भएका सार्वजनिक पूर्वाधारमा निजी पूँजी आकर्षित गर्न सरकारले जोड दिने पौडेलले घोषणा गरे।

बैंक वित्तीय संस्थाको बढ्दै गएको गैर बैंकिङ सम्पत्ति व्यवस्थापनलाई समेत सरकारले यस पटकको बजेटमा प्राथमिकता दिने भएको छ। हुन त यस अघिको बजेटले समेत उक्त विषय नसमेटेको होइन। तर चालु आर्थिक वर्ष त्यस विषयमा सरकाले सिन्को भाँचेन। यसपटक पनि बैंक वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने विषय समावेश गर्न सरकाले छुटाएन। उक्त विषयमा पनि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा पौडेलले केही वाक्य खर्च गरे। “गैर बैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने छ”  पौडेलले भने।

ढुंगानाको ‘वार्गेनिङ’ ले कांग्रेस-एमालेका नेताहरु हैरान, उनको सट्टा मिश्र गभर्नरमा सिफारिस हुन सक्ने, सोमबार नयाँ गभर्नर !

May 02, 2025 05:45 PM

‘अति गर्नु अति सार नगर्नु’ भनेझैं कामु गभर्नर निलम ढुंगानाले निरन्तररुपमा गरिरहेको ‘वार्गेनिङ’ बाट सत्तारुढ कांग्रेस एमालेका नेताहरु आजित भएका छन् ।