Ipo.aspx merolagani - उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन २०८२/०८३ मा कार्यन्वयन गर्ने

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन २०८२/०८३ मा कार्यन्वयन गर्ने

May 02, 2025 04:12 PM Merolagani

सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन आर्थिक वर्ष २०८२/०८३ मा कार्यन्वयन गर्ने घोषणा गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो प्रतिवेदन कार्यान्वयन गर्दै अर्थतन्त्र चलायमान बनाउने बताए । पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले सरकारलाई सो प्रतिवेदन बुझाइसकेको छ ।

रोजगारी सिर्जना र गरिबी निवारणका लागि सार्वजनिक, सहकारी र निजी क्षेत्रबीच सहकार्य कार्यान्वयन गर्ने समेत उनले बताए ।

उच्च, दिगो र फराकिलो आर्थिक बृद्धिका लागि सार्वजनिक निजी, साझेदारीलाई प्रोत्साहन गर्नेसमेत उनले बताए । साथै वित्तीय तथा मौद्रिक नीतिबीच सामञ्जस्य कायम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

ढुंगानाको ‘वार्गेनिङ’ ले कांग्रेस-एमालेका नेताहरु हैरान, उनको सट्टा मिश्र गभर्नरमा सिफारिस हुन सक्ने, सोमबार नयाँ गभर्नर !

May 02, 2025 05:45 PM

‘अति गर्नु अति सार नगर्नु’ भनेझैं कामु गभर्नर निलम ढुंगानाले निरन्तररुपमा गरिरहेको ‘वार्गेनिङ’ बाट सत्तारुढ कांग्रेस एमालेका नेताहरु आजित भएका छन् ।