Ipo.aspx merolagani - यसकारण किसानसँग झुक्न वाध्य भए बालेन

यसकारण किसानसँग झुक्न वाध्य भए बालेन

May 02, 2025 05:44 PM mero lagani

कसैसँग नझुक्ने र आँटेको काम गरेरै छोड्ने भनेर चिनिएका काठमाडाैं महानगरपालिकाका मेयर बालेन साह अन्ततः झुक्न वाध्य भएका छन् ।

मेयर भएको तीन वर्षको अवधिमा सम्भवतः पहिलो पटक मेयर बालेनले आफ्नो कमजोरी स्वीकार गर्दै एक कदम पछाडि हटेका छन् । र, उनलाई त्यसरी पछि हट्न वाध्य पारेका छन-किसानले ।

काठमाडाैंकाे बालाजु, माछापोखरी क्षेत्रमा बालाजुस्थित माछापोखरीमा साना किसान र तरकारी व्यापारीलाई व्यवस्थित बनाउने भन्दै महानगर प्रहरीले सार्वजनिक यातायात समेत बन्द गरेर नुवाकोटको ककनी, काठमाडौंको तारकेश्वर, तीनपिप्लेबाट आएका किसानलाई लखेटेपछि केही समय त्यहाँ खैलाबैला भयो ।

केही समय महानगर प्रहरीसँग धकेलाधकेल गरेपछि स्थानीय किसानहरुले अपर्झट बैठक गरे र रणनीति बनाए । बालाजुमा महानगरसँग नभिड्ने, बरु महानगरपालिकाका फोहोर बोक्ने गाडीलाई अवरोध गर्ने । त्यहीअनुसार उनीहरुले महानगरपालिका सहित उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका २ सय गाडी स्थानीयले रोके ।

उनीहरुले बालाजुको फुटपाथमा व्यापार गर्न नदिंदासम्म काठमाडौंको फोहोर गाउँमा प्रवेश गर्न नदिने घोषणा पनि गरे ।

त्यो घोषणाको असर काठमाडौं महानगरपालिकालाई मात्रै परेन, उपत्यका भित्रका अन्य स्थानीयलाई पनि पर्यो । फोहोरका गाडी रोकिएपछि विहानैदेखि पालिकाहरुमा हल्लाखल्ला भयो ।

एकातर्फ प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा संघीय सरकारसँगको विवाद, अर्कातर्फ उपमेयर सुनिता डंगोलसहितका अधिकाँश जनप्रतिनिधि आफ्नो विरोधमा उत्रिदैँ गरेको अवस्थामा फोहोरका गाडीहरु पनि रोकिने भएपछि मेयर बालेनले सम्भवतः कहिल्यै नभएको दवाव महसुस गरे । फलस्वरुप उनी तत्काल किसानसँग सम्झौता गर्न तयार भए । त्यही अनुसार बालाजु प्रहरी वृतमा भएको वृहत छलफलपछि किसान र महानगरपालिका बीच सम्झौता भयो ।

सम्झौता अनुसार अब बलामी गाउँका परिचपयपत्रधारी किसानले मात्रै बिहान ७ बजेसम्म बालाजु बाइपास सडकको एकातर्फको फुटपाथमा तरकारी बेच्न पाउने भएका छन् ।

ढुंगानाको ‘वार्गेनिङ’ ले कांग्रेस-एमालेका नेताहरु हैरान, उनको सट्टा मिश्र गभर्नरमा सिफारिस हुन सक्ने, सोमबार नयाँ गभर्नर !

May 02, 2025 05:45 PM

‘अति गर्नु अति सार नगर्नु’ भनेझैं कामु गभर्नर निलम ढुंगानाले निरन्तररुपमा गरिरहेको ‘वार्गेनिङ’ बाट सत्तारुढ कांग्रेस एमालेका नेताहरु आजित भएका छन् ।