Ipo.aspx merolagani - गत साता करिब साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

गत साता करिब साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

May 04, 2025 06:54 AM Merolagani

गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो साता २६५८.०२ विन्दुमा बन्द भएको नेप्से, गत साता १.२९ प्रतिशत अर्थात ३४.१९ अंक घटेर २६२३.८३ विन्दुमा झरेको छ।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन बढेर बन्द भएको थियो।

 

प्रतिरोध सामना गरी झर्यो नेप्से

गत साता नेप्से परिसूचक २६५० देखि २७०० को प्रतिरोध सामना गरी ओरालो लागेमा छ। अघिल्लो सता नेप्से सोही क्षेत्रमा बन्द भएको थियो। आगामी दिनमा नेप्सेले घट्ने क्रमलाई निरन्तरता दिएमा २४४० देखि २५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। त्यसैगरी, साताको अन्तिम तीन कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती बनाएको थियो। जसले ती दिनहरुमा पनि बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्से घटेपनि भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ९ अर्ब १८ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ७ अर्ब ५३ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २१.९१ प्रतिशत बढी हो।

बियरिश प्रवृत्ति

अघिल्लो साताको अन्तिम कारोबार दिन बियरिश क्रशओभर बनाएपश्चात ओरालो लागेको नेप्से, गत साता बियरिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ भने हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ।

बिक्रीचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा झरेको छ। यसले गत साता बजारमा खरिद चापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 
comments powered by Disqus

ढुंगानाको ‘वार्गेनिङ’ ले कांग्रेस-एमालेका नेताहरु हैरान, उनको सट्टा मिश्र गभर्नरमा सिफारिस हुन सक्ने, सोमबार नयाँ गभर्नर !

May 02, 2025 05:45 PM

‘अति गर्नु अति सार नगर्नु’ भनेझैं कामु गभर्नर निलम ढुंगानाले निरन्तररुपमा गरिरहेको ‘वार्गेनिङ’ बाट सत्तारुढ कांग्रेस एमालेका नेताहरु आजित भएका छन् ।