पछिल्ला दिन बजार साईडवयजमा छ । बजारले गतिलिन मानिरहेको छैन । सरकारको नीति निर्माणको समय र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भएको ढिला सुस्तीले लगानीकर्तालाई निरास बनाएको छ । साथै बजारमा सरकारको गतिविधि हेर्दा परिवर्त हुने हो कि भन्ने आंकलनले सूचक दवावमा छ । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै रहेका छन् ।
विगत लामो समयदेखि शेयर बजारले स्थिर नीतिको माग गरेको छ । यो अवस्थामा सरकारले अर्थतन्त्र र बजारका लागि लिने नीति प्रति लगानीकर्ताहरुले ध्यान केन्द्रित गरेका छन् । यसैपनि बजारमा डिमाण्ड बढाउने संस्थागत लगानीकर्ताको संख्या न्यून छ ।
लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अवलम्बन गर्दा बजार लामो समयदेखि साईडवयजमा छ । बजारको लागि सकारात्मक हुने खालका गतिविधी र सरकारको तर्फबाट स्थिर नीतिको पखाईमा लगानीकर्ताहरु छन्।