Ipo.aspx merolagani - 'आर्थिक सुधार सहितका सात बुँदे सम्झौता सरकार गठनको ९ महिनासम्म प्रारम्भ गरिएन'

'आर्थिक सुधार सहितका सात बुँदे सम्झौता सरकार गठनको ९ महिनासम्म प्रारम्भ गरिएन'

May 05, 2025 05:26 PM Merolagani

नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सरकार सात बुँदे सम्झौताअनुसार अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन् ।

संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकार सात बुँदे सम्झौताको कार्यान्वयनमा चुकेको टिप्पणी गरेका हुन । संविधानको पुनरावलोक, आर्थिक सुधार, भ्रष्टाचारलाई नियन्त्रण मुलुकमा सुशासन कायम गर्ने कुरामा सरकार चुकेको उनको भनाइ छ । उनले संविधान पुनरावलोकन गर्न समय लाग्ने भएपनि सरकार गठनको ९ महिनासम्म प्रारम्भ नगरिएको बताए । उनले संविधान पुनरावलोकन गर्न संसदमा रहेका सबै दल र सरोकारवालालाई समेत समावेश गरेर अघि बढ्न सक्नुपर्ने बताए ।

उनले भने, ‘सात बुँदे सम्झौतामा यो सरकार बनेको हो । सात बुँदाहरुमा रहेका संविधानको पुनरावलोकन गर्ने कुरा, आर्थिक सुधार गर्ने कुरा, भ्रष्टाचारलाई निर्मुल गर्ने कुरा, दण्डहिनताको अन्त्य गर्ने र सुशासन दिने कुरामा सरकार चुकेको छ । र संविधानमा पुनरावलोकन गर्ने कुरामा चाँही नेपाली काँग्रेस र एमालेको दुई तिहाई छ भनेर बनाउने होइन । संसदभित्र रहेका सबै दलहरुको प्रतिनिधित्व गरिकन सरोकारवालाहरुको समावेश गरेर जानुपर्छ । संविधान पुनरावलोकन गर्ने कुरा समय लाग्ने कुरा हो । तर ९ महिना भइसक्यो सुरु गरेको भए हुन्थ्यो ।’

उनले सरकारको बारेमा काँग्रेसभित्र कुनै समस्या नरहेको समेत स्पष्ट पारे । वर्तमान सरकारलाई असफल हुने छुट नभएपनि सँगै भएका दलहरुबीच पालिकास्तरसम्म संयन्त्र बनाउनु गलत रहेको उनको टिप्पणी छ ।

ढुंगानाको ‘वार्गेनिङ’ ले कांग्रेस-एमालेका नेताहरु हैरान, उनको सट्टा मिश्र गभर्नरमा सिफारिस हुन सक्ने, सोमबार नयाँ गभर्नर !

May 02, 2025 05:45 PM

‘अति गर्नु अति सार नगर्नु’ भनेझैं कामु गभर्नर निलम ढुंगानाले निरन्तररुपमा गरिरहेको ‘वार्गेनिङ’ बाट सत्तारुढ कांग्रेस एमालेका नेताहरु आजित भएका छन् ।