सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले केआइआइटीमा अध्ययनरत छात्रा वीरगञ्जकी प्रिसा साहको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो । छात्रा साहको निधनप्रति समितिले दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उक्त विश्वविद्यालयमा पटक पटक यस्ता घटनाहरु भएकाले सो को कारण समेत पहचान हुनेगरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीउपर कडा कारबाही गर्न माग गर्न निर्देशन दिए ।
उनले भने, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआइआइटी० विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको असामयिक मृत्युप्रति यो समिति दुःख प्रकट गर्दै यो समिति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । दोहोरिएर यस प्रकारका घटनाहरु उक्त विश्वविद्यालयमा पटक पटक भएको हुँदा किन यस प्रकारका घटनाहरु भइरहेका छन्, सो को कारण समेत पहचान हुनेगरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीउपर कडा कारबाही गर्न माग गर्दै आगामी दिनमा यस प्रकारका घटनालाई पुनः हुन नदिनतर्फ सजगता अपनाउन समितिको यो बैठक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउँछ ।’
समितिले आगामी दिनमा यस प्रकारका घटनालाई पुनः हुन नदिनतर्फ सजगता अपनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।