Ipo.aspx merolagani - सरकारलाई वर्षमानको प्रश्न-ट्यारिफ वारले विश्वव्यापी संकटको खतरा छ, नीति तथा कार्यक्रममा समाधान खै ?

सरकारलाई वर्षमानको प्रश्न-ट्यारिफ वारले विश्वव्यापी संकटको खतरा छ, नीति तथा कार्यक्रममा समाधान खै ?

May 05, 2025 06:19 PM Merolagani

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले ट्यारिफ वारले विश्वव्यापी आर्थिक संकट आउने खतरा बढेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन । उनले भन्सार व्यापारसम्बन्धी युद्धले खतरा बढेको बताए ।

उनले पश्चिमा विश्व नै उदारीकरण-नवउदारीकरण संरक्षणवादतर्फ केन्द्रित हुँदा नेपाल सरकार भने पछि फर्कन खोजेको आरोप लगाए । उनले पश्चिमा विश्व आफ्नो बजार संरक्षणतर्फ गइरहेको समेत जिकिर गरे । पूर्वअर्थमन्त्री समेत रहेका पुनले ट्यारिफ वारले निम्त्याउनसक्ने समस्याको समाधान कसरी गर्ने भन्ने विषय नीति तथा कार्यक्रममा उल्लेख नभएको धारणा राखे। उनले सरकारलाई थप जिम्मेवार र प्रतिवद्ध बन्न समेत सुझाव दिए ।

उनले भने, ‘सरकार पछि फर्कन खोजेको छ । पश्चिमा विश्व नै उदारीकरण-नवउदारीकरण संरक्षणवादतिर, आफ्नो बजार संरक्षणतर्फ गइरहेको बेला आर्थिक संकट विश्वव्यापी आउने खतरा छ यो ट्यारिफ वारले । यो भन्सार व्यापारसम्बन्धी युद्धले खतराहरू छन् । त्यो कसरी हामी सामना गर्न सक्छौँ, त्यो नीति तथा कार्यक्रम यसमा देखिएको छैन । सरकार त्यसतर्फ जिम्मेवार र प्रतिवद्ध बनोस् ।’

उनले नीति तथा कार्यक्रम अध्ययन गर्दा सरकार केही कुरामा अल्मलिन र पछाडि फर्कने खोजेको धारणा राखे ।

ढुंगानाको ‘वार्गेनिङ’ ले कांग्रेस-एमालेका नेताहरु हैरान, उनको सट्टा मिश्र गभर्नरमा सिफारिस हुन सक्ने, सोमबार नयाँ गभर्नर !

May 02, 2025 05:45 PM

‘अति गर्नु अति सार नगर्नु’ भनेझैं कामु गभर्नर निलम ढुंगानाले निरन्तररुपमा गरिरहेको ‘वार्गेनिङ’ बाट सत्तारुढ कांग्रेस एमालेका नेताहरु आजित भएका छन् ।