Ipo.aspx merolagani - सुनको मूल्य तोलामा ५३ सयले बढ्यो

सुनको मूल्य तोलामा ५३ सयले बढ्यो

May 06, 2025 10:40 AM Merolagani

बैशाख २३ गते, मंगलबार, नेपाली बजारमा सुनको उल्लेख्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ५ हजार ३०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि तोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भएको छ । सोमबारको बजारमा चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भएको थियो ।

 

comments powered by Disqus

उपमेयरको डरले बालेनद्धारा जापान भ्रमण रद्ध, बजेट र कार्यपालिका वैठक थप अनिश्चित

May 13, 2025 03:24 PM

कुनै भेला—वैठक वा सभा—सम्मेलनमा आफू अनुकूल निर्णय नहुने सम्भावना देखेपछि विदेश भ्रमणमा जाने वा ‘बिरामी’ हुने घटना नेपालमा मात्र नभएर विश्वभरकै राजनीतिमा सामान्य मानिन्छ ।