Ipo.aspx merolagani - विन्ध्यबासिनी हाइड्रोपावरको नाफा सामान्य घट्यो

विन्ध्यबासिनी हाइड्रोपावरको नाफा सामान्य घट्यो

May 07, 2025 12:32 PM Merolagani

विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (BHDC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.७७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी भने सामान्य बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३० करोड ६७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३० करोड ७४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ २१ पैसा घटेर ७ रुपैयाँ ८३ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.८७ गुणा रहेको छ।

१ अर्ब १२ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ११ करोड ४६ लाख रुपैयाँ छ।

comments powered by Disqus