Ipo.aspx merolagani - सामान्य बढ्यो रु रु जलविद्युत परियोजनाको नाफा

सामान्य बढ्यो रु रु जलविद्युत परियोजनाको नाफा

May 07, 2025 12:55 PM Merolagani

रु रु जलविद्युत परियोजना (RURU) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि सामान्य बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ११ करोड ८३ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ५९ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ।

नाफा सामान्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ४ पैसा घटेर १६ रुपैयाँ ५० पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.२५ गुणा रहेको छ।

५६ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १७ करोड ३९ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus