Ipo.aspx merolagani - भुगोल इनर्जीको नोक्सानी घट्यो

भुगोल इनर्जीको नोक्सानी घट्यो

May 14, 2025 01:02 PM Merolagani

भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड (BEDC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी १ करोड ९५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी २ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेपनि वित्तीय खर्च घटेका कारण नोक्सानी घटेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.२५ प्रतिशत बढेर ४ करोड ३१ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १२.१६ प्रतिशत घटेको छ भने कुल आम्दानी १३.५८ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २२.२४ प्रतिशत घटेको छ।

चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५० रुपैयाँ ७ पैसा रहेको छ।

५४ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २७ करोड १६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

 

comments powered by Disqus

उपमेयरको डरले बालेनद्धारा जापान भ्रमण रद्ध, बजेट र कार्यपालिका वैठक थप अनिश्चित

May 13, 2025 03:24 PM

कुनै भेला—वैठक वा सभा—सम्मेलनमा आफू अनुकूल निर्णय नहुने सम्भावना देखेपछि विदेश भ्रमणमा जाने वा ‘बिरामी’ हुने घटना नेपालमा मात्र नभएर विश्वभरकै राजनीतिमा सामान्य मानिन्छ ।