Ipo.aspx merolagani - अपर तामाकोशीको नोक्सानी बढ्यो

अपर तामाकोशीको नोक्सानी बढ्यो

May 13, 2025 01:46 PM Merolagani

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड (UPPER) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनी नोक्सानीमा छ ।

चालु आवको चैत मसान्तसम्म कम्पनी दुई अर्ब ६ करोड रुपैयाँ नोक्सानीमा छ । गत वर्षको तुलनानमा कम्पनीको नोक्सानी ६७ करोड ६१ लाख रुपैयाँले बढेको हो । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनी एक अर्ब ३९ करोड रुपैयाँ नोक्सानीमा थियो ।

विद्युत बिक्री आम्दानी घट्दा कम्पनीको घाटा थप बढेको हो । यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ अर्ब २७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको कम्पनीको विद्युत बिक्री आम्दानी ६ अर्ब ५३ करोड २ लाख रुपैयाँ थियो । त्यसैगरी कम्पनीको वित्तीय खर्च ४ अर्ब ६ करोड रुपैयाँ छ ।

२१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष १२ अर्ब १८ करोड रुपैयाँले ऋणात्मक छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसाले नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ४६ रुपैयाँ ७९ पैसा छ ।

 

 

comments powered by Disqus

बालेनले पूर्व राजा ज्ञानेन्द्रलाई काटेको पूर्जी अनुसारको ७ लाख ९३ हजार रुपैयाँ शुक्रबार जम्मा गरिने !

May 08, 2025 04:50 PM

गत चैत्र १५ गते राजावादीहरुले काठमाडाैंको तिनकुनेमा गरेको प्रदर्शनमा गरिएको फोहोरको क्षतिपूर्ति वापतको रकम पूर्व राजा ज्ञानेन्द्र शाहको तर्फबाट तिरिने भएको छ ।