Ipo.aspx merolagani - विश्व पौडेल गभर्नर बन्ने लगभग निश्चित, समितिकाे आजै बस्ने बैंठकले तीन जनाको नाम सिफारिस गर्ने

विश्व पौडेल गभर्नर बन्ने लगभग निश्चित, समितिकाे आजै बस्ने बैंठकले तीन जनाको नाम सिफारिस गर्ने

May 20, 2025 02:01 PM Merolagani

डा. विश्व पौडेल गभर्नर बन्ने लगभग निश्चित भएकाे छ । राष्ट्र बैंकको रिक्त गभर्नरमा आज साँझको मन्त्रिपरिषदकाे बैठकले उनलाई नियुक्त गर्ने सम्भावना रहेकाेछ ।

 

त्यसअघि गभर्नरको उम्मेदवार सिफारिस समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमार्फत् मन्त्रिपरिषदकाे बैठक समक्ष पठाउँदै छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक, पूर्व गभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको समितिले आजै तीन जनाको नाम सिफारिस गर्न लागेको स्राेतकाे दावी छ ।

समितिले विश्व पौडेलसहित डेपुटी निलम ढुंगाना तिम्सिना र अर्का डेपुटी बमबहादुर मिश्रको नाम सिफारिस गर्दैछ । पहिलो नम्बरमा पौडेलको नाम राखिने बुझिएकाे छ  ।

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर गणतन्त्र ढाल्ने राजावादीको योजना !

May 18, 2025 06:03 PM

चैत्र १५ गते तिनकुनेमा भएको हिँस्रक ‘जनआन्दोलन’ पछि रक्षात्मक बनेका राजावादीहरुले अब गणतन्त्र ढाल्नको लागि टुनामुनाको सहायता लिने भएका छन् ।