Ipo.aspx merolagani - कुलमान घिसिङ माओवादीमा नजाने, इन्जिनियरहरुको ‘व्याकअप’मा आफै पार्टी खोल्ने !

कुलमान घिसिङ माओवादीमा नजाने, इन्जिनियरहरुको ‘व्याकअप’मा आफै पार्टी खोल्ने !

May 22, 2025 06:17 PM mero lagani

खासगरि माओवादी नेता, कार्यकर्ताहरुले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ ‘आफ्नो पार्टीको मान्छे’ भएको दावी गरिरहेको बेला उनी भने नयाँ राजनीतिक पार्टीको गठनमा जुटेका छन् । 

स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' सहितका नेताहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक आफ्नो पार्टीले बनाएको र कुलमानको रुपमा ‘एक्सपोजर’ आफूहरुले दिलाएको भन्दै पार्टीमा प्रवेश गर्नको लागि पटक पटक अनुरोध गरिसकेका छन् ।

माओवादी उपमहासचिव जनार्दन शर्मा 'प्रभाकर' उर्जा मन्त्री हुँदा घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो । त्यहीकारण घिसिङलाई ‘आफ्नो मान्छे’ ठान्ने गरेको छ । केही समय अगाडि सरकारले उनलाई वर्खास्त गर्दा पनि माओवादीले सडक र सदनबाट कुलमानको बचाउ गरेको थियो ।

त्यसलगत्तै पार्टी प्रवेश गर्न स्वंय अध्यक्ष प्रचण्डले अनुरोध गर्दा पनि कुलमानले अस्वीकार गरेको उनी निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार कुलमान कम्युनिष्ट हुनै सक्दैनन्, उनी कम्युनिष्टलाई मन पराउने मान्छे पनि होइनन् । उनी पहिलेदेखि नै राजावादी झुकावका मान्छे हुन् । तर, अहिले राजा फर्काउने अभियानमा पनि उनी छैनन् ।

बरु नयाँ राजनीतिक पार्टी गठनको लागि विभिन्न चरणमा छलफलहरु अगाडि बढाइरहेको कुलमान निकट रहेर काम गरिरहेका व्यक्तिहरु बताउँछन् । स्रोतका अनुसार कुलमानको नेतृत्वमा राजनीतिक पार्टी खोल्नको लागि अहिले केही प्रतिष्ठित इन्जिनियरहरु सक्रियताका साथ लागिरहेका छन् । ‘नेपाल इन्जिनियर एशोशियसनको नेतृत्व गरिसकेका र सरकारको विभिन्न तहमा काम गरिरहेका इन्जिनियरहरु धेरै सक्रिय भएको पाएको छु,’ घिसिङका एक निकट सहयोगीले मेरो लगानीसँग भने ।

उनका अनुसार नयाँ राजनीतिक पार्टी खोल्नको लागि काठमाडाैं महानगरपालिकाका मेयर बालेनदेखि, धरानका मेयर हर्क साम्पाङसहित कांग्रेस, एमाले, माओवादी र रास्वपाका असन्तुष्ट केही नेताहरुसँग पनि घिसिङले छलफल शुरु गरेका छन् । ‘छलफल शुरु भएको छ, चुनाव आउन अझै २ वर्ष बाँकी रहेकोले यो बीचमा वृहत तयारीसहित पार्टी खोले ८४ मै पुराना राजनीतिक पार्टीहरुलाई धक्का दिन सकिन्छ भन्नेमा उहाँ ढुक्क हुनुहुन्छ । गत आम निर्वाचनमा छोटो समयमै रास्वपाले पाएको सफलताले पनि उहाँ र उहाँको टिमलाई त्यो उत्साह प्रदान गरेको छ,’ उनको भनाई छ ।

comments powered by Disqus

अन्ततः गभर्नरमा पाैडेल नियुक्त, उनीबाट शेयर बजारले गर्याे यस्ताे अपेक्षा

May 20, 2025 06:49 PM

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ । औपचारिक नियुक्ति नहुँदै पौडेल गभर्नर हुने समाचार बाहिरिएपछि मंगलबारको शेयर बजार झन्डै आधा सेन्चुरीले  बढ्यो।