Ipo.aspx merolagani - निफ्रा ग्रीन इनर्जी बण्ड ६%–२०८८/८९ काे बाँडफाँट सम्पन्न

निफ्रा ग्रीन इनर्जी बण्ड ६%–२०८८/८९ काे बाँडफाँट सम्पन्न

Jun 13, 2025 12:08 PM Merolagani

एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको “निफ्रा ग्रीन इनर्जी बण्ड ६%– २०८८/८९” नामको हरित उर्जा ऋणपत्रको बाँडफाँट भएको छ।

सो ऋणपत्र जेठ २९ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको हो।

५ अर्ब रुपैयाँबराबरको यस हरित ऋणपत्रका लागि ३.८ गुणाभन्दा बढी आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ। कुल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा गत जेठ १८ गतेदेखि २५ गतेसम्म निष्काशन गरिएको थियो। उक्त निष्काशनमा विभिन्न संघ संस्था तथा सर्वसाधारणहरु मार्फत उत्साहजनक सहभागिता रहेको बिक्री प्रबन्धकले बताएको छ।

एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे भन्छन्, ‘नेपालको पहिलो हरित उर्जा ऋणपत्रको सार्वजनिक निष्काशनलाई सफलतापूर्वक सम्पन्न गर्न पाउनु हाम्रो लागि निकै गर्वको कुरा हो। यो पहल नविनता र दुरदर्शितामा आधारित हाम्रो सिद्धान्तको स्वभाविक विस्तार हो। एनआइएमबि एस क्यापिटलको तर्फबाट हामी यस्तो ऐतिहासिक पहलमा अग्रसर हुन पाएकोमा उत्साहित छौं। आगामी दिनहरुमा अझै यस्ता अर्थपूर्ण परियोजनाहरु लिएर आउने विश्वास दिलाउन चाहन्छौं।’

७ वर्षको अवधि रहि वार्षिक ६ प्रतिशत ब्याजदर भएको सो ऋणपत्र नेपालमै पहिलो पटक सार्वजनिक रुपमा जारी गरिएको हरित उर्जा ऋणपत्र रहेको छ। सो हरित उर्जा ऋणपत्र निष्काशनको कार्य सम्पन्न भइसकेको सन्दर्भमा यस प्रकृयामा सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग, विदेशी दातृ निकायहरु, ग्लोबल ग्रीन ग्रोथ इन्ष्टिच्युट र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी , कम्पनीका सहयोगीहरु तथा पत्रकार वृत्त लगायत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै बाँडफाँट कार्यक्रम सम्पन्न गरिएको थियो।

comments powered by Disqus

हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।